राष्ट्र बैंकले यसवर्ष पनि दशैँमा नयाँ नोट वितरण नगर्ने

२०८३ भाद्र ३०, मंगलवार

काठमाडौँ : यसपाली पनि दशैँमा नयाँ नोट नपाइने भएको छ । विगत दुई वर्षदेखि दशैँमा नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यसवर्ष पनि दशैँमा नयाँ नोट वितरण नगर्ने भएको हो ।

नयाँ नोटको साटो राष्ट्र बैंकले सुकिला नोट नै वितरण गर्ने तयारी गरेको छ । बजारमा सुकिला नोट प्रशस्तै भएको र नयाँ नोट वितरण गर्नुपर्ने अवस्था नरहेपछि यस्तो तयारी गरिएको राष्ट्र बैंकका अधिकारीको भनाई छ । यद्यपि यसवर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट वितरण गर्ने औपचारिक निर्णय भने राष्ट्र बैंकले गरेको छैन ।

अर्कोतर्फ दशैँमा टिका, अबिर तथा तेलजन्य पदार्थका कारण नोटको आयु छोटिने भएकाले पनि सकेसम्म दशैँमा सुकिला नोट नै प्रयोग गराउने तयारी भइरहेको पनि राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार