काठमाडौँ : २०औँ एसियाडमा नेपालले पहिलो पदक जितेको छ । बुधबार टोयाहासी जिम्नेसियममा नेपाललाई तेन्जिङ शेर्पाले कराँते ८४ केजीको तौल समूहमा कांस्य पदक जिताएका हुन् ।
यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरेका हुन्। २३ वर्षीय तेन्जिङले नेपाललाई पहिलो पदक जिताएका हुन्।








