जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ आश्विन १७, शनिबार

काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार