पोखरामा पर्यटकलाई हैरानी दिने १५ जना पक्राउ

२०८३ आश्विन २०, मंगलवार

काठमाडौँ : जिल्ला कास्की, पोखरा महानगरपालिका –०९ पृथ्वीचोक बसपार्क क्षेत्रमा पर्यटकलाई हैरानी दिने तथा जबरजस्ती सवारीसाधन वा होटलमा लैजान खोज्ने १५ जनालाई पक्राउ गरिएको छ ।

मिति २०८३ असोज २० गते दिउँसो करिब १ बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले बसपार्क क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा इन्ड्राइभ, पठाओ र जिप चालक तथा यात्रुलाई हैरानी दिने व्यक्तिहरू रहेका छन् । उनीहरूलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा ल्याई उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका व्यक्तिहरूमा :

१. जिल्ला स्याङजा वालिङ न.पा.-११ सुर्कौदी बस्ने वर्ष ३१ को मनोज बस्याल,
२. जिल्ला कास्की पोखरा म.न.पा.-०७ बस्ने वर्ष २१ को संजय आले,
३. जिल्ला लमजुङ सुन्दरबजार न.पा.-०६ भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-०७ बस्ने वर्ष ३० को पवन ढकाल,
४. जिल्ला कास्की पोखरा म.न.पा.-११ रानी पौवा बस्ने वर्ष ४३ को अनिल परियार,
५. जिल्ला कास्की पोखरा म.न.पा.-१६ बस्ने वर्ष २० को जिवन घताने,
६. जिल्ला कैलाली गोदावरी न.पा-०८ भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-०८ बस्ने वर्ष २६ को राकेश चौधरी,
७. जिल्ला गोरखा सहिद लखन गा.पा.-०६ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-१५ नयाँगाँउ बस्ने वर्ष ४० को विक्रम थापा
८. जिल्ला कास्की पोखरा म.न.पा.-१३ काउखोला बस्ने वर्ष ४२ को रेशम सापकोटा,
९. जिल्ला कास्की पोखरा म.न.पा.-१५ बस्ने वर्ष ४३ को राज कुमार सुनार,
१०. जिल्ला कास्की पोखरा म.न.पा.-०९ बस्ने वर्ष ४० को सन्तोष कार्की,
११. जिल्ला कास्की पोखरा म.न.पा.-०९ बस्ने वर्ष ४० को शुसिल राना,
१२. जिल्ला स्याङ्जा आदीखोला गा.पा-०१ माझकटेरी भई हाल कास्की पोखरा म.न.पा.-१५ बस्ने वर्ष ४६ को वीर प्रसाद गुरुङ,
१३. जिल्ला कास्की पोखरा म.न.पा.-१४ खल्टे मसिना बस्ने वर्ष २१ को सोहन परियार,
१४. जिल्ला पर्वत मोदी गा.पा.-०२ घर भई हाल कास्की पोखरा म.न.पा.-१४ बस्ने वर्ष ३९ को कृष्ण तिमिल्सिना
१५. जिल्ला स्याङ्जा विरुवा गा.पा.-०२ भई हाल कास्की पोखरा म.न.पा. १० बस्ने वर्ष ४९ को लिला बहादुर राना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार