काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरू भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना केहीबेर अघि सुरू भएको हो । यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।
उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । सिसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम सङ्कलन गरी मतगणना थालिएको हो । यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो ।










