महिला खुला केन्द्रीय सदस्यमा बासना थापालाई सर्वाधिक मत

२०८३ आश्विन २७, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य महिलातर्फ बासना थापा सर्वाधिक मतका साथ निर्वाचित भएकी छन् । उनले ५ हजार १८३ मत प्राप्त गरेकी छन् ।

यस्तै, उर्मिला थपलिया ३ हजार ७०, निमा गिरी ३ हजार ८०६, कुसुमदेवी थापा ३ हजार २५०, धनाकुमारी खतिवडा ३ हजार २३१ र विनिता खड्का २ हजार ८६६ मतका साथ विजयी भएकी छन् ।

यस्तै अनिता देवकोटा २ हजार ८५३, लक्ष्मी पाण्डे २ हजार ७००, सिर्जना अधिकारी २ हजार ६५ र मुना भुसाल २ हजार ५१४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रिता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार