कुटपिट गरी हत्यामा संलग्न एक युवक पक्राउ

२०८३ कार्तिक २, आईतवार

काठमाडौं : खोटाङको हलेसीमा कुटपिट गरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवक पक्राउ गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका -८ वाछिम स्थितका २५ वर्षीय सन्तोष राईले ढुंगाले ५२ वर्षीय हर्कु भन्ने हर्क बहादुर राईको टाउकोमा प्रहार गरी मारेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

उनका अनुसार राईलाई शुक्रबार प्रहरी टोलीले पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा हिरासत कक्षमा राखि अनुसन्धान कार्य अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार