पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

२०८३ कार्तिक २, आईतवार

काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । मुटुसँग सम्बन्धित सामान्य समस्याका कारण उनी अस्पतालमा उपचाररत रहेको निजी सचिवालयले जनाएको छ ।

सचिवालयले सामाजिक सञ्जालमार्फत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै बाहिर सञ्चारमाध्यममा आएजस्तो गम्भीर समस्या नरहेको स्पष्ट पारेको छ ।

‘पूर्वप्रधानमन्त्री कमरेड झलनाथ खनाल मुटुसँग सम्बन्धित सामान्य समस्याका कारण अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ, बाहिर मिडियामा आएजस्तो गम्भीर समस्या होइन,’ सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार