बस र ट्रक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु

२०८३ कार्तिक ३, मंगलवार

काठमाडौँ : इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा एम्बुलेन्स परिचालन गरिएको मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको गिजा प्रान्तका अस्पतालमा लगिएको छ ।

स्वास्थ्य मन्त्री खालिद अब्देल गफारले घाइतेहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन नजिकका अस्पताललाई निर्देशन दिएका छन् ।

मन्त्रालयका अनुसार मृतक र घाइतेको हालसम्मको सङ्ख्या प्रारम्भिक हो । दुर्घटनापछि उद्धार कार्य जारी रहेकाले हताहतीको सङ्ख्या बढ्न सक्ने सम्भावना छ । घटनाको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार