मोटरसाइकलको ठक्करबाट पैदलयात्री थारुको मृत्यु

२०८३ कार्तिक ११, बुधबार

कपिलवस्तु : कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीया जलिया थारुको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार