कर्तव्य ज्यान मुद्धाको फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ

२०८३ कार्तिक १६, सोमबार

कैलाली : कर्तव्य ज्यान मुद्दामा सङ्लग्न भई १६ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले २०६७ वैशाख २८ गते भएको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरका ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको छ । उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कर्तव्य ज्यानजस्तो गम्भीर अपराधमा सङ्लग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार