गगन थापासँग राम्रो कुराकानी भयो: अध्यक्ष ओली

२०८३ कार्तिक १८, बुधबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले मङ्गलबार थापासँग भएको भेटबारे पुष्टि गरेका हुन्।

सभापति थापासँगको भेटवार्ताका विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा अध्यक्ष ओलीले भने – ‘उहाँसँग खास राम्रो कुरा भयो, राजनीतिक कुराकानीहरू भए।’

यसै क्रममा सञ्चारकर्मीहरूले नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे सोधेको प्रश्नमा अध्यक्ष ओलीले बालेन सरकारमाथि व्यङ्ग्य गरे।

डा. मनोज केसीलाई आइजिपी बनाइएको विषयमा टिप्पणी गर्दै उनले भने – ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार