खोलामा कार खस्दा एक जनाको मृत्यु

२०८३ कार्तिक १८, बुधबार

नारायणगढ : चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको साथबाट भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङको ठेगाना उल्लेख भएको ४१ वर्षीय सायन्तन गायेन नामको राहदानी फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा कारमा एक जना मात्र सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार