दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

२०८३ कार्तिक १९, बिहीबार

काठमाडौँ : सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँले बिहीबार धरौटीमा छाड्न आदेश दिएपछि उनी रकम बुझाएर रिहा भएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपमशमशेर जबराका अनुसार अदालतको आदेशबमोजिम धरौटी बुझाएपछि अग्रवाल रिहा भएका हुन्।

सीआईबीले अग्रवाललाई बुधबार उनकै निवासबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। बुधबार थुनछेक बहस पूरा हुन नसकेपछि उनलाई प्रहरी हिरासतमा राखिएको थियो। बिहीबार बाँकी थुनछेक प्रक्रिया पूरा भएपछि जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

आदेशलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर अग्रवाल रिहा भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार