काठमाडौँ : जिल्ला सुर्खेत, बराहाताल गाउँपालिका –०५ स्थित साजघारी सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
मिति २०८३ कात्तिक २० गते बराहाताल गाउँपालिका –०५ स्थित साजघारी सामुदायिक वनमा प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले झाडीभित्र लुकाइछिपाई राखिएको अवस्थामा चार थान सावुत र दुई थान नाल बेसाबुत गरी जम्मा ६ थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
बरामद भएको भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।










