चलचित्र ‘सारथी’को नयाँ गीत ‘मयाली’ सार्वजनिक

२०८३ कार्तिक २०, शुक्रबार

काठमाडौं : आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सारथी’को नयाँ गीत ‘मयाली’ सार्वजनिक भएको छ।

म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि प्रशान्त शिवाकोटीकै रहेको छ।

गीतको बाँसुरीमा रत्न बिक, सारंगीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितार पुरुस्कार खड्काले बजाएका छन् । गीतको संगीत उत्पादन विशम आचार्यले गरेका हुन् मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को मुम्बइ) ले गरेका छन् ।

कुमार गजुरेलको निर्देशनमा मंसिर ११ गते प्रदर्शन हुनेछ । सिनेमाको कुमार गजुरेलको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन् ।

सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

संकल्प भुजेलको छायांकन रहेको सिनेमा तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकनमा बनेको छ । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार