काठमाडौँ : पूर्वपश्चिम राजमार्गको झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा लहरी ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रवार दिउसो पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको बा प्र ०३–००१ ख ५५५० नम्बरको मालवाहक लहरी ट्रकको ठक्करबाट सोही दिशातर्फ साइकलमा जाँदै गरेको साइकलयात्री कनकाई नगरपालिका–१ निवासी ६० बर्षीय गजेन्द्रबहादुर कार्कीलाई ठक्कर दिएको थियो । लहरीको ठक्करबाट कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने लहरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।










