हाम्रो देश
१३ मङ्सिर २०७८, सोमवार

सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो । खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध खुलाउने

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुष नलाग्दै सकिइसकेको थियो । महालेखाका अनुसार पुस मसान्तसम्म

भारतको नजर सेमिफाइनल, इंग्ल्यान्ड रोक्ने दाउमा

काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दुवै देशको एउटै दाउ छ– प्रतिस्पर्धीलाई पराजित गरेर सेमिफाइनल पुग्ने । ६ खेलसम्म अपराजित यात्रालाई कायमै राखेको भारत स्पष्ट जितको खोजीमा हुनेछ । तर इंग्ल्यान्ड भने भारतलाई रोक्न चाहन्छ । अंक तालिकाको दोस्रो

अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रनले हरायो, स्टार्कले लिए ५ विकेट

काठमाडौं । विश्वकप क्रिकेटको ३७ औं प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६रनले हराएको छ । अष्ट्रेलियाको यो सातौं जित हो । ऊ १४ अंकको साथ तालिकको शीर्ष स्थानमा कायम छ । शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३.४ ओभरमा १५७ रनमा अलआउट भयो ।

सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीले मुस्कुराउँदै लगे, सहिद परिवार जिल्ल

सर्लाही : भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज

प्रधानमन्त्री रोजगार कार्यक्रमः झारपात गोडमेलमै साढे चार करोड

रुपन्देही : गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली

मदन भण्डारीका हत्यारा पत्ता लगाउन केले दिँदैन ? हामी नै सरकारमा छौं : प्रचण्ड

काठमाडौं । मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ अहिले नेकपाभित्र बहसको ‘हटकेक’ बनिरहेको छ । यही सन्दर्भमा शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्‍यो, जहाँ प्रधानमन्त्री केपी ओलीका साथै अर्का अध्यक्ष प्रचण्डलाई समेत निम्त्याइयो । कार्यक्रममा प्रधानमन्त्रीभन्दा अगाडि बोलेका अध्यक्ष प्रचण्डले गम्भीर सवाल उठाए– हामी

१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर

काठमाडौं : राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो । यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भने आफैमा अनौठो देखिएको छ । भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

काठमाडौं : एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल

अर्जेन्टिना २-० ले भेनेजुयलालाई हराउँदै सेमिफाइनलमा, अब ब्राजिल सग भिड्ने

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको छ । त्यस्तै आजै भयको अर्को खेलमा चिलिले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको