हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

सेलपे सार्वजनिकः होटल सोल्टीलाई ५ लाख भुक्तानी गर्दा गर्भनर मौन

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ आज एक भव्य समारोह बिच सार्वजनिक भएको छ । व्यवसायीक समुह आईएमएस ग्रुपले उक्त सेवा संचालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उक्त पेमेन्ट गेटवे सार्वजनिक गरेका हुन। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी

नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

काठमाडौं : धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए । राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी

एक्लिँदै आमाबाबु !

काठमाडौं : हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ । रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उनी भने गाउँमा

नेपाल वायुसेवा निगमः अव्यवस्थाले थिल्थिलो

काठमाडौं : स्थापनाकालदेखि अहिलेसम्म विभिन्न समयका जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यति बेला मुख्य दुई कारणले आलोचित छ, कमजोर व्यवस्थापन अनि भएकै जहाज उडान भर्न नसकेर । निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुईवटा न्यारोबडी (३२०–२००) र दुईवटा वाइडबडी विमान (३३०–२००) छन् । अर्को एउटा

कांग्रेसमा किचलो : देउवाको कार्यकाल एक वर्ष लम्ब्याइने

काठमाडौं : शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् । सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचन्द्र

नेकपामा विभाग मोहको उल्झन

काठमाडौं : पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका ३२ विभागमध्ये ६ वटामा चारवटा पूर्व एमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताले नै आँखा लगाउँदा विवाद देखिएको छ

मन्त्रीका निजी सचिवको अटेर, मेयरको आँखामा आँसु

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् । पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आउनुभएका ढकाललाई प्रदेश नम्बर–२ धनुषाको नगराइन नगरपालिकाको शिक्षा शाखामा समायोजन गरिएको थियो । तर प्रदेश सरकार मातहतमा रहेको स्थानीय निकायमा समायोजन भएको कर्मचारीलाई संघीय

१७ महिनापछि मन्त्रीहरू फेरिँदै

काठमाडौं सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका

बालुवाटार जग्गा प्रकरण : नियत कि नीतिगत ?

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरकमन्त्रीबाट तीनपटक निर्णय भएको ललिता निवास जग्गासम्बन्धी विवादमा मन्त्रिपरिषद् नेतृत्व गर्ने तत्काली प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि चाहिँ छानबिन होला कि नहोला ? अहिले धेरैको जिज्ञासा यही छ

तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

काठमाडौं : पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे ।