हाम्रो देश
४ माघ २०७८, मङ्गलवार

चीन सरकारले दिएका जहाज निगमलाई घाँडो, तीनवटा मात्रै उडानयोग्य

काठमाडौं : चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् । अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन्

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

काठमाडौं : नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् । उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन् । कम्तिमा तीन तहको सुरक्षा घेराभित्र

झाँक्रीले पेटमा प्वाल पारेर गरेको गलत उपचारपछि मृत्यु भएपनि प्रहरीले उजुरी लिन मानेन

काठमाडौं : झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ । दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो । राजुको

राहदानी विधेयकमा राष्ट्रपतिको चासो सम्बोधन भएन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ । राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुने सम्भावना देखाउँदै प्रमाणीकरण नगरिकन फिर्ता गरेकी थिइन् । सरकारीबाहेकका काममा विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने

पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएको अनियमिततामाथि छानबिन गर्दै सेना

काठमाडौं : नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ । खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा भएका आर्थिक हिनामिना छानबिन गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

काठमाडौं : चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

काठमाडौं : सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ।

हदबन्दीभन्दा बढीको जग्गा अब हिनामिना हुने जोखिम

काठमाडौं : ‘भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्बाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिएको हजारौं बिघा जग्गा मासिने जोखिम बढेको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी कांग्रेसलगायतको विरोधीबीच बहुमतबाट पारित गरेकोे हो । विधेयक भूमाफियाको स्वाथ्र्यमा ल्याएको र त्यसमा उल्लेखित प्रावधानले हदबन्दीभन्दा बढीको

वरीयता मिचेर नेतृत्व गर्ने मन्त्री, उपप्रधानमन्त्रीको सहभागिता मात्रै

काठमाडौं : उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारले नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि न्युयोर्क जान लागेका छन् । महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन्

राजनीतिक पहुँचमा ठेकेदार कम्पनीः काम नगर्ने १८४८, कालो सूचीमा ५८ मात्रै

काठमाडौं : राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो । मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत