हाम्रो देश
१३ मङ्सिर २०७८, सोमवार

बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ

६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिए । प्रहरीले गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद

एमबाप्पेको ह्याट्रिकसँगै पीएसजीको सानदार जित

एजेन्सी : युवा स्ट्राईकर केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिग छनोटमा सानदार जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब बर्गलाई उसकै मैदानमा ५–० गोलले हरायो । पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक गरे । मोउरो इकार्डीले दुई गोल गरेका थिए

समाजवादी पार्टी अझै अनिर्णयको बन्दी सरकारबाट हट्ने कि नहट्ने !

काठमाडौं : विधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टी्भित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ। एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को

जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा

काठमाडौं : ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्। गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र

मोटी युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौं : धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्ष्यित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । यसअघि यसका दुई संस्करण संस्करण सम्पन्न भइसकेका छन् भने चाँडै तेस्रो सिजन आयोजना

सिरियाबारे रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’

एजेन्सी ; टर्की र रुसबीच भएको म्याराथन बैठकमा उत्तरी सिरियामा कुर्दिसविरुद्ध सैन्य कारवाहीको विषयमा सहमती बनेको छ । दुबै देशले यसलाई ‘ऐतिहासिक सम्झौता’ बताएका छन् । यो सम्झौता रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा भएको बैठकका बेला भएको हो । टर्की–सिरियाको सीमामा रुस र टर्की दुबैका सैनिक तैनाथ छन्

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए कांग्रेस नेता तथा पूर्वमन्त्री आलमले’

रौतहट : २०५६ चैत १७ । रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो । एमाले

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

काठमाडौं :  नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् । कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै,

गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्

काठमाडौं : गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् । मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया

उद्योगमन्त्री यादवविरुद्ध आफ्नै कार्यकर्ताले गरे प्रदर्शन

लहान : सिरहाको कर्जन्हामा शुभकामना आदानप्रदान र सामुदायिक रेडियोको उद्घाटन गर्न आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नै नेता–कार्यकर्ताको विरोधको सामना गर्नुपरेको छ । कर्जन्हा नगरका ११ मध्ये ६ वटा वडाका वडाध्यक्ष, वडासदस्य, नेकपाका करिब एक दर्जन जिल्ला सदस्यसहित स्थानीय नेता–कार्यकर्ताको समूहले आइतबार बस्तीपुर बजारमा मन्त्री यादवविरुद्ध प्रदर्शन र कोणसभा गरेका हुन् । बस्तीपुर बजारमा बिहान ११