हाम्रो देश
१२ मङ्सिर २०७८, आइतवार

अस्ताए ‘छेक्यो–छेक्यो देउराली डाँडा’का सुक

६ पुस, पोखरा । पचासको दशकलाई पोखरेली सांगीतिक ब्याण्डको उर्बर समय मानिन्छ । त्यो बेला एकपछि अर्को ब्याण्ड जन्मिएर लोक पपको क्षेत्रमा धमाका मच्याइरहेका थिए । त्यसैमध्येका एउटा ब्याण्ड थियो, नेपथ्य । त्यो दशकको सुरुवाततिरै नेपथ्यको ‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ लोक पप शैलीको गीतले धुम मच्चायो । तन्नेरी युवादेखि पाका संगीत पारखीलाई

कर तिर्न एनसेललाई १५ दिनको म्याद

६ पुस, काठमाडौं । सरकारले टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई तोकिएको कर तिर्न १५ दिने म्याद दिएको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काट्दै १५ दिनभित्र कर चुक्ता गर्न भनेको हो । यसअघि ठूला करदाता कार्यालयले मंसिर तेस्रो साता २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेर त्यसको जानकारी एनसेललाई

सशस्त्र प्रहरीले घर घेरेपछि शाहीलाई छाडेर भाग्यो विप्लव समूह

६ पुस, दैलेख । नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट शकुशल उद्दार गरेको छ । शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । लगातार ढोका ढकढक्याएपछि शाहीकी पत्नी श्रीमती इलाले ढोका खोल्ने वित्तिकै १०/१२ जनाको नकावधारी समूह घरमा पसेको थियो

विप्लव समूहका युवा नेता सुजन पक्राउ

  ६ पुस, काठमाडौं । प्रहरीले विप्लव समूहका युवा संगठन उपत्यका संयोजक राजु घिमिरे उर्फ सुजनलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कुमारीपाटीबाट उनलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीलाई विप्लव समूहको मान्छे भन्दै चन्दा मागेको आरोपमा उनलाई पक्राउ गरिएको हो । चन्दा

वीरगञ्जको श्री सिद्धि विनायक उद्योगमा प्रहरीको छापा, ४ जना पक्राउ

६ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्ज–१५ ब्रम्हचोकमा सञ्चालित श्री सिद्धि विनायक पुजा सामाग्री प्रोडक्टमा छापमारी गरेको छ । उद्योगमा छापामारी गरेर प्रहरीले ठूलो परिमाणमा घ्यूसहित ४ जना मानिसलाई नियन्त्रणमा लिएको छ । उद्योगमा पुजा घ्यू, कलश घ्यू लेखिएका कागजका खोल, बट्टामा प्याक गरिएको तयारी र कच्चा घ्यू बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यानमै

तमु ल्होसारमा बिदा माग्दै पोखरामा पनि प्रदर्शन

६ पुस, पोखरा । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार (पुस १५) मा सरकारले राष्ट्रिय बिदा कटौती गरेको भन्दै पोखरामा आइतबार प्रदर्शन भएको छ । तमु ह्युल छोंज धिंको अगुवाइमा पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो । गुरुङ समुदायसहित सम्पूर्ण जनजातिको पर्वलाई राष्ट्रिय पर्वबाट हटाइ राज्यले भेदभावपूर्ण व्यवहार गरेको उपस्थितको आरोप थियो । राज्यले धर्म निरपेक्षता

राष्ट्रियसभा निर्वाचनका लागि ११ दल दर्ता

६ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित ११ दल दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (ने क

हचुवामा तार काट्दा ठमेलमा विवाद, टेलिफोन–इन्टरनेट अवरुद्ध

६ पुस, काठमाडौं । जिम्मेवार निकायहरुसँग समन्वयबिनै ठमेलमा तारका गुजुल्टा हटाउने अभियान चलाइँदा विवाद भएको छ । इन्टरनेट सेवा प्रदायकहरुले तार काट्दा करोडौंको क्षति भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । ठमेल पर्यटन विकास परिषद् नाम गैरसरकारी संस्थाको अगुवाईमा पोलमा टाँगिएका इन्टरनेट र टेलिफोनका तार काट्न थालिएको हो । तारका गुजुल्टाले शहरको सौन्दर्य

अपहरित गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार

६ पुस, काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिका-१, छातीको जंगलबाट अध्यक्ष धीरबहादुर शाहीको उद्दार गरिएको छ । उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ जंगलमा छाडेका हुन् । कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको अनलाइनखबरलाई बताए । यद्यपि, घटनामा कसैलाई पक्राउ गरिए/नगरिएको बारे सूचना प्राप्त भइनसकेको

निजगढ विमानस्थलको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थलका लागि आवश्यक रुख काट्नेसहितका काम अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै काम रोक्न अन्तरिम आदेश दिएको हो । विमानस्थलले वातावरणमा