हाम्रो देश
१२ मङ्सिर २०७८, आइतवार

विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ

दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य

बीपी प्रतिष्ठानमा ६८ वर्षीय कोरोना संक्रमितको ज्यान गयो

१३ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै

काभ्रेमा कोरोना कहरकैबीच पठनपाठन

बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट सामुदायिक तथा

काम गर्न नसकेपछि जनतासँग माफी माग्दै लेबनानका प्रधानमन्‍त्रीले दिए राजीनामा

लेबनान : लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामाको घोषणा गरेका छन् । नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उनले राजीनामा दिएका हुन् । लेबनानमा पछिल्ला दशक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफाले प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन

आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाइयाे !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ । आज (आइतबार) मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएकाे छ । यसअघि शनिबार सम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन । स्राेतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बाेलाउने मनसायमा प्रधानमन्त्री पुगेकाे देखिन्छ । पछिल्लाे समय मन्त्रिपरिषद पुनर्गठनकाे चर्चा चुलिएकाे छ,

विकास निर्माणका कामले गति लियो

काठमाडौं – सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारसँगै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने ६३ प्रतिशत वित्तीय प्रगति भएको छ

महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छः मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् ।   जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताएका हुन् । “ठूला पूर्वाधारका आयोजना

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

काठमाडौं – सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन’ संकेत गरे । त्यसअनुसार छलफल

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो । कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी म्यान अफ