हाम्रो देश
४ माघ २०७८, मङ्गलवार

न्यायाधीश पत्नीको स्कुटरमा भेटियो ब्राउन सुगर

काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा

म्यानमारमा सेनाले गोली चलायो १८ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो ।

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण शुरु

काठमाडौं । मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गरे । सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको

प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाउने तयारी

काठमाडौं : आगामी फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । काठमाडौंको सिभिल अस्पतालमा फागुन १९, २० र २१ गते बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । बिहान १० बजेदेखि ४ बजेसम्म सबै

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी

बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयाँ संक्रमित

पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबारबाट मौसममा सुधार

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई

रोनाल्डोको गोल तर रोकियो युभे

काठमाडौं : भेरोनासँग बराबरीमा रोकिएपछि साबिक विजेता युभेन्टस शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ७ अंकले पछि परेको छ । दोस्रो हाफको सुरुवातमा क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले आन्द्रे पिर्लोको टोलीले खेलमा अग्रता बनाएको थियो । यो सिजन लिगमा उनको १९ औँ गोल थियो । उनी सिरिए ए को गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् । तर,

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ । छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया