हाम्रो देश
१३ मङ्सिर २०७८, सोमवार

सरकारी निकायबाटै निषेधाज्ञाको अवज्ञा-१५६ जनालाई एकै ठाँउमा राखेर तालिम

वीरगन्ज :   कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले पर्सा जिल्लामा वैशाख १६ देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाएको छ। निषेधाज्ञाकै अवज्ञा गरेर वीरगन्जस्थित जिल्ला जनगणना कार्यालय पर्साले १ सय ५६ गणक सहभागी गराएर तालिम सन्चालन गरेको घटना बाहिर आएको छ। निषेधाज्ञा लागेकै बेला १ सय ५६ जनालाइ सहभागी गराएर तालिम सन्चालन गरेको खबर

प्रचण्डसँग कुनै सहमति भएको छैन: देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमसीसीबारे कुनै सहमति नभएको बताएका छन् । उनले एमसीसीलाई संसद्‌बाट संकल्प प्रस्तावमार्फत् पारित गर्न प्रचण्डसँग कुनैपनि सहमति नभएको देउवाले स्पष्टिकरण दिएका छन्। उनले भने, ‘ठूलो अनुदान रकम हो। ब्याज/स्याज पनि छैन। तिर्नुपर्ने पनि छैन। सित्तै दिएको हो नेपाललाई, ‘अनेक किसिमको भ्रम फैलाइएको

एमालेको रोग जसपामा सर्‍यो, ओली सरकारलाई कति नाफा कति घाटा ?

काठमाडौं । सत्ता समीकरणले राजनीतिक दलहरुबीच फाटोको अवस्था सृजना गरेको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो दुई वर्षे कार्यकाल पूूरा गरेलगत्तै सुरु भएको राजनीतिक अस्थिरताले संक्रमणका झाँगिन मलजल गरिरहेछ । ओली सरकारविरुद्ध तत्कालीन सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूह सक्रिय रहे । गत २३ फागुनको सर्वाेच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतियो ।

अर्को सुचना नआए सम्म पठन-पाठन बन्द

धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटाको शिक्षा शाखाद्धारा कोभिड १९ बाट बच्नका लागि उच्च सर्तकता अपनाउदै विद्यालयहरु मार्फत अर्को सुचना नआए सम्म तत्कालका लागि पठन पाठन बन्द गरिएको हुदाँ अभिभावकले पनि अरुसमय भन्दा विशेष सचेतता पूर्वक जिम्मेवारी निवार्ह गर्न आग्रह गरिएको छ । सहिद भुमि गााउपालिकामा ३९ वटा सामुदायिक र ५ वटा निजि विद्यालय रहेका छन्

परासी बजारका किराना पसलहरुको अनुगमन , म्याद गुज्रेको खाद्यबस्तुहरु नष्ट

रबिन्द्र यादव    – नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले परासी बजारको अनुगमन गरेको छ । रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवरको संयोजक्तवमा पालिकामा गठित उपभोक्ता हकहित संरक्षण समितिको सिफारिशमा नगरपालिकाको अनुगमन समितिले बजारको दर्जनबढि किराना पसलहरुको अनुगमन गरेको हो । कोभिड–१९को बढदो माहामारीको अवसर छोपी पसले व्यपारीहरुले विभिन्न सरसमानको कालोबजारी गर्न सक्ने, बढि मुल्यमा सामान बेच्न

कैलालीका ५ पत्रकारमा कोरोना संक्रमण, २ को अवस्था जटिल

धनगढी :   कैलालीमा कार्यरत ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ। संक्रमण पुस्टि भएकामध्ये २ जना पत्रकारको अवस्था भने जटिल रहेको बताइएको छ। नेपाल पत्रकार महासंघ कैलालीले शुक्रबार विज्ञप्ति जारी गरी ती संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै सरकारसँग उचित औषधोपचारको माग गरेको छ। त्यस्तै संक्रमित पत्रकारहरुका लागि अलग्गै आईसोलेसन निर्माणको गृहकार्य भइरहेको विज्ञप्ति मार्फत

भारतबाट फर्किएका सङ्क्रमित राख्न छुट्टै आइसोलेशन

राँझा :    भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताए । उनका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको

महामारी बढेका १९ जिल्लामा निषेधाज्ञा जारी, लिस्टसहित

काठमाडौं ।   कोरोना माहामारी बढेका १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् । बाँकेमा वैशाख १३ बाट निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा १४ गतेबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा लागू भएको छ । वैशाख १६ बाट काठमाडौं,

धवलागिरी बेसक्याम्पमा हेलिकप्टरसहित मानव अवशेष फेला

काठमाडौं । धवलागिरी हिमाल बेसक्याम्प क्षेत्रमा २ वटा मानव अवशेष फेला परेको छ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष फेला पारेको हो । टोलीले धवलागिरीकै इटाली बेस क्याम्पमा ९ एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष समेत फेला पारेको छ । सेनाको टोलीले मृतकहरुको

‘सुटर दादी’को नामबाट चर्चित तोमरको कोरोना संक्रमणबाट मृत्यु

काठमाडाैं- ‘सुटर दादी’को नामबाट चर्चित चन्द्रो तोमरको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ८९ वर्षीया तोमरकाे शुक्रबार निधन भएकाे हाे। उनलाई कोरोना संक्रमण भएको खबर उनको परिवारले तीन दिनअघि सामाजिक सञ्जालमार्फत दिएका थिए। पछिल्लो दुई दिनदेखि श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई मेरठको एक अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएको दुई दिनमै उनको निधन भएको हो। उत्तर