हाम्रो देश
१२ मङ्सिर २०७८, आइतवार

फर्ममा पसेर चितुवाले १५० कालिज मार्‍यो

डोटी – डोटी जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गरेका थिए । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए । जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त

काठमाडाैं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ढकाललाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् । स्वास्थ्यसेवातर्फ ११ औँ तहमा कार्यरत ढकाल यसअघि स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिए ।

एमाले र एकीकृत समाजवादी : लडाईं जुँगाको कि विचारको ?

खिलनाथ ताजपुरिया   – काठमाडौं ।    नेकपा (एमाले)बाट विद्रोह गरी नेता माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै एमाले र नयाँ दलको विचारमा के भिन्नता छ भन्ने जिज्ञासा उत्पन्न भएको छ । केपी शर्मा ओली नेतृत्वको एमालेको विधि, पद्धति र सिद्धान्तलाई गलत साबित गर्ने दौडमा रहनुभएका नेपाल नेतृत्वको नवगठित पार्टी जनताकाबीच समाजवादी

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, साना दलसँग मिलेर बहुमत पुर्‍याउने एमालेको दाउ

हेटौंडा :    नेकपा एमालेले बहुमत गुमाएर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनबाट राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न मंगलबार निर्वाचन आयोगको कार्यालय हेटौंडामा पुगेका पाण्डेले केही दिनमा नै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार ढल्ने भन्दै अबको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन्। ‘अहिलेको सरकार अल्पमतमा

भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

धनगढी  –    नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेका छन् । माधव नेपाल छाडेर एमालेमा फर्किएपछि रावल पहिलोपटक सुदूरपश्चिम प्रदेश राजधानी धनगढी आइपुगेका छन् ।धनगढीमा माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) ले एमालेका प्रदेश सांसद आफ्नो पक्षमा सनाखत गराउन लाग्दा गरमागरम राजनीतिकाबीच रावल धनगढी आइपुगेका हुन् । रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई जना

सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

धनगढी  :    प्रतिमान निमा स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेश सरकारलाई झण्डै १ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। अमेरिकाका विभिन्न संस्थाहरुसँग पहल गरी प्राप्त भएको स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेकी छिन्। प्रतिष्ठानले आइसोलेसन गाउन, फेसशिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड,

प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मन परेनः गोकुल बाँस्कोटा

काठमाडौं  ।   नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको विषय आफूलाई मन नपरेको टिप्पणी गरेका छन् । उनले प्रचण्डले माओवादी अध्यादेशबाट समेत नबनाएको भन्दै व्यङ्ग्य समेत गरेका छन् । प्रचण्डले पार्टी बनाउने र अरुले निर्देशन दिने भन्दै उनले आलोचना समेत गरेका छन् ।

जयसिंह धामी बेपत्ताबारे छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर जयसिंह धामी बेपत्ता भएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार सह-सचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्रतिवेदन बुझाएका हुन् । दार्चुलाको ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि उनी भेटिएका थिएनन्

बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरूले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा आबद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए। हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा

गोविन्द बन्दीलाई शान्ति मन्त्री बनाउनेबारे गठबन्धनमा छलफल

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विज्ञलाई सरकारमा ल्याउने योजनाअनुरुप कानूनविद अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउनेबारे सत्तारुढ गठबन्धनमा छलफल शुरु भएको छ । अधिवक्ता गोविन्द बन्दी अन्तरराष्ट्रिय कानुनका जानकार मानिन्छन् । उनी अन्तरराष्ट्रिय समुदायले पनि पत्याएका कानूनविद हुन् । यसअघि ओली सरकारका पालामा उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुख बनाउने तयारी भए पनि उनलाई जिम्मेवारी दिइएको