हाम्रो देश
१३ मङ्सिर २०७८, सोमवार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : जनवरीदेखि आन्तरिक उडान थाल्ने तयारी

वैशाखपछि ४ देशमा अन्तर्राष्ट्रिय उडान पोखरा । पोखरा क्षेत्रीय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलले नागरिक उड्ड्यन प्राधिकरणलाई जनवरी १ देखि नै उडान खुला गर्न सिफारिस गरेको कार्यदलका संयोजक विक्रम गौतमले जानकारी दिए । शुरुमा आन्तरिक उडानमात्रै शुरु गर्ने र वैशाखपछि

दशैंअघि भित्रियो १० अर्बको १५ लाख मोबाइल

खोजेको सेट पाउन भने मुस्किल काठमाडौं । सिन्धुलीका सुमन देवकोटा दशैंमा घर जाँदा आमाका लागि ‘इन्ट्री लेभल’को स्मार्ट मोबाइल लैजाने योजनामा छन् । भिडियो कल गर्न मिल्ने सस्तो र राम्रो फोन खोजिरहेका उनलाई १५ हजारभन्दा घटीको मोबाइल भेटाउन मुस्किल परिरहेको छ । ‘धेरै पसल चाहार्दा पनि भेटिएन,’ नयाँबानेश्वरस्थित एक मोबाइल पसलमा भेटिएका देवकोटाले भने, ‘अब

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त

जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने । प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् । जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौं : काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । यस्तै

प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना

विराटनगर : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जितिया पर्वका उपलक्ष्यमा आज शुभकामना दिएका छन् । प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आराधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली

वीरगञ्जमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

पर्सा : मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार चालु आवमा रु एक

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

काठमाडौं : दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६०

राष्ट्रिय सहमतिमा एमसीसी पारित गरिनुपर्छ : परराष्ट्रमन्त्री खड्का

न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’ एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए । ‘हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा

मन्त्रीमण्डल विस्तारको तयारी सुरू

काठमाडौं । सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय