नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल

२०७९ मंसिर २८, बुधबार १३:५४ बजे

काठमाडौं : नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंकको ४९३औँ बैठकबाट बन्सल  बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट नियुक्त भएकी हुन् ।

उनले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी छिन् । एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छिन् । उनले एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार