जनकपुरधाम : मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ। मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ। लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्।
मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक–एक र एक स्वतन्त्र सांसद छन्। मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।