प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ : नारायणप्रसाद दाहाल

२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भइरहँदा उनले अहिलेसम्म गरेको सबै आफ्नै बलबुताले भएको जिकिर गरेका हुन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री प्रचण्ड र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको र आजसम्मसँगै काम गरेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डलाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडेपनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको प्रतिक्रिया समेत दिए ।अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनैपनि नराम्रो काम नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार