तीन पार्टीको बहिस्कारबीच मधेसका मुख्यमन्त्रीले लिए चौथो पटक विश्वासको मत

२०८१ बैशाख ४, मंगलवार

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ६१ जना सांसदले मतदान गरेका छन्। संसदीय मर्यादा विपरीत प्रतिपक्षीलाई छलफलमा भाग लिन नदिएको भन्दै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमतले विश्वासको मत लिने प्रक्रियामा सहभागी नभई प्रदेश सभा बैठक बहिस्कार गरेका छन्।

विश्वासको मत लिने प्रक्रियामा ६१ जनाले भाग लिएको र उनीहरू सबैले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे। १०७ सदस्यीय प्रदेश सभामा बहुमत सावित गर्न ५४ सदस्यको समर्थन आवश्यक हुन्छ। जनमतको अवरोधपछि तेस्रो पटक बैठक सुरू हुन साथ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले टेबल ढकढकाउँदै आफ्नो कुरा राख्ने प्रयास गरेपछि सभामुखले उनलाई रोकेका थिए।

तेस्रो पटक बैठक सुरू हुनासाथ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले टेबल ढकढकाउँदै आफ्नो कुरा राख्ने प्रयास गरेपछि सभामुखले उनलाई रोकेका थिए। यादव नरोकिएपछि सभामुख मण्डलले मर्यादापालकलाई उनीहरूलाई सदनबाट बाहिर निकाल्न निर्देशन दिए। लगत्तै जनमतका सांसदहरू बाहिरिए। सभामुखले विश्वासको मत लिने प्रक्रियामा छलफलका लागि कुनै पनि दलबाट सांसदको नाम नआएको भनेपछि कांग्रेस र लोसपाका सांसदहरूले असन्तुष्टि जनाएका थिए।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूसँग छलफलका लागि सांसदको नामै नमागेको बताएर प्रतिपक्षीलाई बोल्न नदिएर संसदीय मर्यादा विपरीत सदन चलेको भन्दै उनले कांग्रेसले बैठक बहिस्कार गर्ने भनेर निस्किएका थिए। लोसपाका सांसद उपेन्द्र महतो पनि छलफलमा भाग लिन पार्टीबाट सांसदको नाम नमागेको र सभामुखले संसदीय अभ्यास विपरीत सदन चलाएको भन्दै असन्तुष्टि जनाएर हिँडेका थिए।

तीनै पार्टीका नेताहरूको असन्तुष्टिबीच सभामुखले विश्वासको मत लिने प्रक्रिया अघि बढाए। कांग्रेसले सरकारबाट बाहिरिदैँ दिएको समर्थन फिर्ता लिएपछि मंगबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको थियो। तर जनमत पार्टीले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादव लगायत सांसदहरूमाथि भएको आक्रमणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै दुई पटक सदन अवरूद्ध गरेको थियो। कांग्रेस पनि जनमत पार्टीको विरोधमा सहभागी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार