खेलकुद र युवामा नयाँ युगको सुरुवात भयो : मन्त्री श्रेष्ठ

२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको बताएका छन् । काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै खेलकुदमन्त्री श्रेष्ठले खेलकुदमा रहेका सम्भावना खोज्नुपर्ने बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडी उत्पादन गरेको पनि मन्त्री श्रेष्ठको भनाइ थियो । खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुरा सुधार्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गर्दा दूरदराज गाउँहरूबाट खेलाडी उत्पादन हुँदै गरेकाले जुन कुरा हामीले अस्ति विभिन्न फोरममा भनेका थियौँ कि खेलकुदमा र युवाहरूमा नयाँ युगको सुरुवात भएको छ भनेर, मैले त्यत्तिकै भनेको होइन,’ उनले भने, ‘केही नीतिगत कुरा सुधार्नुपर्ने छ । तीन दशकदेखिका बेथितिलाई सुधारेर सम्भावनालाई पनि खोज्नुपर्ने छ । यहाँ हामी सबैजना निष्ठाका साथ इमान्दार भएर कोसिस गर्ने हो भने खेल क्षेत्रले भोलि राष्ट्रको झण्डा फर्फराउने छ । सबै मिलेर गर्दा खेलमा केही सुधार भएको छ ।’

मन्त्री श्रेष्ठले तीन दशकदेखिका बेथितिलाई सुधारेर सम्भावना खोज्नुपर्ने आवश्यकता रहेको बताए । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार