पुष्पराज गिरीले दिए कान्तिपुरबाट राजीनामा

२०८१ बैशाख ५, बुधबार

काठमाडौं : सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने क्रममा आफ्नो नामसमेत जोडिएको भन्दै सो कम्पनीका तत्कालीन कर्मचारी तथा हाल कान्तिपुर पब्लिकेशन्स्मा कर्पोरेट म्यानेजर पदमा कार्यरत पुष्पराज गिरीले राजीनामा दिएका छन्।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गिरी गोर्खा मिडिया नेटवर्कमा कार्यरत थिए। बुटवलको सुप्रिम सहकारीबाट १४ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने क्रममा २५ लाख रुपैयाँ गिरीमार्फत सारिएको प्रहरी प्रतिवेदनमा उल्लेख भएको समाचार कान्तिपुरले मंगलबार नै प्रकाशित गरेको थियो।

प्रतिवेदन र समाचारमा नाम आएपछि यसको न्यायिक अनुसन्धानमा सघाउन उपयुक्त हुने भन्दै उनले आफूलाई कान्तिपुरबाट अलग गरेको बताएका छन्। हाल देशबाहिर रहेका उनले इमेलबाट राजीनामा पठाएपछि सार्वजनिक रूपमा भनेका छन्, ‘हाल म व्यक्तिगत कामका सिलसिलामा देशबाहिर रहेकामा केही दिनमै स्वदेश फर्केर कानुनसम्मत हिसाबले आफ्ना कुराहरू राख्ने जानकारी गराउँछु। यो कुराको छिनोफानो नहुन्जेल म कान्तिपुरसँग आबद्ध नरहने पनि जानकारी गराउँछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार