महामन्त्रीद्वयले वैशाख ८ मा इलाम–२ को चुनावी सभालाई सम्बोधन गर्ने

२०८१ बैशाख ५, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैशाख ८ मा इलाम–को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्काको चुनावी सभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने भएका हुन् ।

इलामको लाँकुरी चौतारीमा वैशाख ८ गते १२ः ३० बजे चुनावी खुला सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । यसअघि इलाम– २ को घरदैलो अभियानमा सहभागी भएका महामन्त्री थापा ८ गते इलाम जाने कार्यक्रम छ ।

इलाम– २ का चुनावी कमान्डर समेत रहेका अर्का महामन्त्री शर्मा अहिले पनि घरदैलो अभियानमा सरिक छन् । नेपाली कांग्रेस इलाम नगर समितिले महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने खुला सभा आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार