भूमि व्यवस्था विभागका महानिर्देशक खनाललाई कार्यकक्षमै दलियो कालोमोसो

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई कार्यकक्षमै कालोमोसो दलिएको छ। बुधबार दिउँसो क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले कार्यालयमै मोसो दलेका हुन्।

मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ‘केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’ भन्दै मोसो दलेका थिए। कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले कालोमोसो दल्ने दुई जना पक्राउ परेको जानकारी दिए।

पक्राउ पर्नेमा कटारी-६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार