आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : १५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ ।मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार