पहिरो खसेपछि विपी राजमार्ग अवरुद्ध, सयौँ यात्रुको बिचल्ली

२०८१ बैशाख २५, मंगलवार

सिन्धुली : अविरल वर्षाका कारण सडकमा पहिरो खसेपछि विपी राजमार्ग अवरुद्ध भएको छ।

मंगलबारको विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमेरेमा माथिबाट लेदो पहिरो खस्दा राजमार्ग अवरुद्ध हुन पुगेको हो।लामो समयको खडेरीपछि मंगलबार वर्षा भएको थियो। वर्षासँगै राजमार्गमा पहिरो खस्दा यहाँ सयौँको संख्यामा यात्रुहरू बिचल्लीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख यज्ञ बहादुर पालका अनुसार हाल पहिरो पन्छाउने कार्य जारी छ। उनले पहिरो पन्छाउन मेसिनको प्रयोग गरिरहेको जानकारी दिए। ‘हामीले मेसिनको प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेका छौं। अझै केही समय लाग्छ सक्छ’ उनले भने।

राजमार्गमा पहिरो खसेसँगै सवारीको निकै लामाे जाम भएको छ। पहिरोले सवारी तीन घण्टा देखि अवरुद्ध रहेको जाममा फसेका एक यात्रुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार