म दोषि नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

२०८१ बैशाख २५, मंगलवार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन्। मंगलबार बेलुका उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही समाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशला २६ सँगको जुनसुकै सम्बन्ध पुष्टि गर्न चुनौती दिएका छन्।

उनले यदि उक्त कुरा प्रमाणले पुष्टि हुन्छ भने आफूलाई फाँसीको सजाय दिन पनि भनेका छन्। विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएपछि सन्दीप विक्षिप्त रुपमा सामाजिक सञ्जालमा पोखिएका छन्। सन्दीपलाई एक किशोरी बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुर्नरा निवेदन गरेका छन्। तर उच्च अदालतले विभिन्न बहानामा सुनुवाइ नगर्दा सन्दीपले यस्तो पीडि व्यक्त गरेका हुन्।

पछिल्लो पटक लगातार तीन पटक उनको मुद्दामा पेसी तोकेर पनि उच्च अदालतले सुनुवाइ गरेन। उच्च अदालतले सुुनवाइ नगर्दा सन्दीपले सर्वोच्च अदालत जाने वा सफाइ पाउने भन्ने मौका पाएका छैनन्। यही बिचमा विश्वकपका लागि नेपाली टोलिको घोषणा भयो र बलात्कार मुद्दामा दोषि ठहर भएका सन्दीप टोलिमा अटाएनन्। अदालतले सुनुवाइ ढिला गर्दा विश्वकप खेल्ने सपनामा चोट परेपछि उनले एक पछि अर्को स्टाटसमार्फत आक्रोस र पीडा व्यक्त गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार