कविता- आमा बिनाको शहर

२०८१ बैशाख २६, बुधबार

दुई अक्षर मिलेर बनेको
आमा भन्ने शब्द
कति मीठो लाग्छ ,
र कति माहान छ ”
घरमा छँदा
आमा भनेर बोलाउन पाउंँदा
कति खुसी हुन्थ्यौँ हामी ,
सहरमा भएको बेला
आमालाइ सम्झेर
एकान्त कोठामा
गएर रुन्छौ हामी ”

बाचुन्जेल सधै
सधै आमा भन्न पाउँ
आमा सम्झिन पाउँ
मीठो मसिनो आमाको हातको खान पाउँ
दुखी ,खुसी आमा कै काखमा हुन पाउ,
आमा कै काखमा
बसेर रुन पाउ”
हामी बोलिरहन्छौ यस्ता यस्तै सब्दहरु
र र सम्झीरहन्छौ आमालाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार