कोशी प्रदेशका एमाले र माओवादीको आफ्ना सांसदहरूलाई विराटनगरमै रहन निर्देशन

२०८१ बैशाख २६, बुधबार

विराटनगर : कोशी प्रदेशका दुई दलले आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न निर्देशन दिएका छन्। नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने भन्दै उनीहरूले आफ्ना सांसदहरूलाई विराटनगर बाहिर भए विराटनरम आउन निर्देशन दिएका छन्। नेकपा (एमाले) का प्रमुख सचेतक रेवतीरमण भण्डारीले सांसदहरूलाई विराटनगर नछाड्न र अन्यत्र भए विराटनगर आउन निर्देशन दिइएको बताए।

माओवादीले पनि आफ्ना सांसदहरूलाई सोही प्रकृतिको निर्देशन दिएको छ। कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन्। एमालेका हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री बनाउन एमाले र माओवादीले दबाब अघि बढाएका छन्। अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने बरू अदालत जाने बताइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार