नेपालबाट पिउने पानी विदेश निर्यात गर्न सकिन्छ : माधव नेपाल

२०८१ बैशाख २६, बुधबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन्। उनले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए। उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए। पिउने शुद्ध पानीको निर्यात गर्न सकिने पनि उनले बताए।

उनले भने, ‘यहाँ जलश्रोत धेरै छ, जलश्रोतको प्रसन्नता भइसकेपछि स्वभाविक रुपमा जलविद्युतको उत्पादन प्रचुर गर्न सकिन्छ, सिंचाईको राम्रो व्यवस्था गर्न सकिन्छ। पिउने शुद्ध र अत्यन्त स्वादिष्ट पानीको निर्यात गर्न सकिन्छ। पानी पिउन फ्रान्सबाट पानीको बोतल मगाउनुपर्ने आवश्यकता छैन। नेपालमै उत्पादन गर्नसक्छौँ। कतिपय देशहरुमा निर्यात पनि गर्नसक्छौँ। कृषिको प्रचुरता छ। धेरै हिसावले नेपाल, धेरै क्षेत्र सम्पन्न छ।’

नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए। नेता नेपालले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए। कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए। अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए। उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताए।

उनले नारायणहिटी दरबारलाई सरकारी अरु निकायहरु राख्ने नभइ विश्वभरले अध्ययन गर्ने थलोको रुपमा विकास गर्न जरुरी रहेको बताए। गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार