दैलेखको विद्यालयमा चट्याङ लागेर २ शिक्षक र ३ विद्यार्थी घाइते

२०८१ बैशाख २६, बुधबार

दैलेख : दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीया
लक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहलका अनुसार एक जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको छ । अन्य घाइतेहरुको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रमुख दाहालले बताए । यस्तै विद्यालयको भौतिक संरचनामा समेत क्षति पुगेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार