लाइसेन्स नभएका चालकलाई कारबाही

२०८१ बैशाख २६, बुधबार

रौतहट : विभिन्न बजारहरुमा सवारी चालक अनुमति पत्र नलिई चलाएका ई–रिक्सा र टेम्पो चालकहरु माथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगापुर अन्तर्गतको गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले चालक अनुमति पत्रबिना नै सवारी चलाउनेलाई कारबाही गरेको हो ।

सदरमुकाम गौर क्षेत्रमा चल्ने ई–रिक्सा र टेम्पो चालकहरुले सवारी चालक अनुमति पत्र नलिई नियम बिपरीत चलाएको भन्दै २३ वटा ई–रिक्स र टेम्पोहरु नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार मंगलबारबाट निरन्तर कारबाही सुरु गरेको ट्राफिक प्रहरी निरीक्षक सुशील अचार्यले जानकारी दिए ।

ट्राफिक प्रहरीले जरिवाना लिएर उनीहरुलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको थियो । जिल्लाको गौर, गरुडा, चन्द्रनिगाहपुर, बाग्मती, कटहरिया लगायतका बजारहरुमा झण्डै १ हजारको हाराहारीमा ई-रिक्सा, टेम्पो संचालनमा छन् । तीमध्ये अधिकाशको सवारी चालक अनुमति पत्र छैन ।

ई-रिक्सा मजदुर केदार तिमल्सिनाले सवारी चालक अनुमति पत्र लिने प्रक्रियामा धेरै चालक साथीहरु रहेको बताए । ‘बिगतमा लाइसेन्सको फारम भर्न आहृवान गर्ने काम नै भएन्,‘ उनले भने, ‘धेरै जसो साथीहरुले धमाधम फारम भरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार