महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी

२०८१ बैशाख २७, बिहीबार

कञ्चनपुर : महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् । पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार बुधबार साँझ नदीमा पानीको बहाब बढ्ने बित्तिकै शारदा ब्यारेजको ढोका खोलिएको थियो । महाकालीको बिचमा गिट्टी, बालुवालगायतका निर्माण सामाग्री ढुवानीका लागि पुगेका ट्याक्टर र त्यसमा रहेका कामदार नदीको बिचमै फसेका हुन् । पहाडी जिल्लामा वर्षा भएका कारण नदीमा बाढी समेत आएको थियो ।

‘१४ ट्याक्टर र २८ जना कामदार नदीमा फसेका हुन्,’ डीएसपी जोशीले भने, ‘पानी घटेपछि सबै वारी आए ।’ उनका अनुसार शारदा ब्यारेजका ढोका खोल्दा पूर्व जानकारी नदिँदा कामदार नदीमै फसेका हुन् । समयमै जानकारी प्राप्त भएको भए ट्याक्टर र कामदार सहजै वारी आउन सक्थे । विगतमा पनि पूर्व सुचना बिना नै ढोका खोल्दा कामदार नदीमै फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार