जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ बैशाख २७, बिहीबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आज विशेष अदालतमा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जलेश्वर नगरपालिका-१ स्थित हाटबजार क्षेत्रमा ०७९/८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार