लुटेराहरुले गरे बैंकका सुरक्षा गार्डको हत्या

२०८१ बैशाख २७, बिहीबार

राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । बिहीबार बिहान करिब ७ बजे सुरक्षा गार्ड ५६ वर्षीय परशुराम फुयाँल सुतेकै ठाउँमा मृत फेला परेका थिए ।

गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरि रगतका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयाँलको  हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले  बताए । ‘लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिन्छ’ उनले भने ‘हत्या घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विगत ८ वर्षदेखि बैंकमा गार्ड रहेका  सप्तकोशी नगरपालिका– २ बस्ने मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार