औषधिसँग मिलाएर लागुऔषध बेच्ने फार्मेसी सञ्चालक पक्राउ

२०८१ बैशाख २७, बिहीबार

बुटवल : बुटवलमा औषधी पसलबाटै प्रतिवन्दित लागु औषध बिक्री हुने गरेको पाइएको छ। बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।

फार्मेसीका संचालक कमलबहादुर विकलाई प्रहरीले आज (बिहीबार) नियन्त्रणमा लिएको हो। विकले सञ्चालन गर्दै आएको फार्मेसीबाट डाक्टरको सिफारिस बिना बेच्न नपाइने विभिन्न औषधीहरू बिक्री वितरण गरेको र तिनै औषधि मिलाएर लागु औषधका रुपमा युवाहरूलाई बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै पसलबाट चिकित्सकको सिफारिस बिना बेचबिखन गर्न नपाइने औषधीहरू बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले फार्मेसीबाट विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा  बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा मेडिकलमा छापा मारेको बताए।

पसल सञ्चालकले चिकित्सकको सिफारिस बिना बेच्न नपाइने औषधीहरू र अन्य केही औषधी मिसाएर लागु औषधको रुपमा युवाहरूलाई बेच्ने गरेको पाइएको डिएसपी पण्डितले बताए । प्रहरीले फार्मेसी संचालक र केही लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार