विराटनगरमा प्रदेश प्रमुख खापुङको पुत्ला जलाइयो

२०८१ बैशाख २७, बिहीबार

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ ।

असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा बिहीबार बेलुका खापुङको पुत्ला जलाएको हो । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दिपक चापागाइँले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनु गलत अभ्यास भएको विरोधमा प्रदर्शन र पुत्ला जलाएको बताए ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार