इलाममा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

२०८१ बैशाख २८, शुक्रबार

इलाम : इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । इलाम नगरपालिका –५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चार वटा गोरु बोकेको प्र १–०३–००१ च ००६९ नम्बरको पिकअप मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको पाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गाडी चालक इलाम नगरपालिका– ४ का २० वर्षीय अभिषेक तिवारी घाइते भएको डिएसपी प्रकाश जबेगूले बताए। चालक तिवारी र सहचालक रहेका आचार्यलाई घटनास्थलबाट उद्धार गरि इलाम अस्पताल तर्फ ल्याउँदै गर्दा आचार्यको भने ज्यान गएको बताइएको छ ।

गाडी चालक तिवारीको घुँडा र ढाडमा चोट रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार