कांग्रेसले भन्यो- गृहमन्त्री संलग्न भएको आधारहरू भेटिसकेका छन्

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको दाबी गरेको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने बताए।

उनले भने, सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ। त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ। त्यस विषयमा स्वतन्त्र छानबिनको पुन माग गरेका छौँ।

उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाए। सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको निष्कर्ष निकालेको छ। उनले भने- छानबिन समिति हाम्रो आधारभूत माग भइसक्यो, बटम लाइन भइसकेपछि पछि हट्दैनौँ। संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ। अब त्यहाँ बोल्न कोको आउनुहुन्छ। त्यसमा भर पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार